राजनीति

डा रिजालको प्रश्नः मेरी बुहारीलाई नेपाली नागरिकतामा बन्देज किन लगाउने ?

८ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मिनेन्द्र रिजालले नेपाली युबकसंग बिहे गरेकी बिदेशी बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको बिरोध गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता रिजालल आफ्नै बुहारीको उदाहरण दिँदै उनले भनेका छन्, ‘लामो समयदेखि भारतले हाम्रो भूभाग अतिक्रमण गरेको छ तर यो कारणले उनलाई नेपाली नागरिकतामा बन्देज किन लगाउने?’

उनले भनेका छन्, ‘कथा प्रीति कौरको हो। तर उनको मात्रै होइन, अरू धेरै नेपाली मनको हो। मेरो बुहारी चीनीया मूलकी अमेरिकी हुन। भारतसँग उनको कुनै साइनो सम्बन्ध छैन, भारतीय भूभाग टेकेकी पनि छैनन्।’ नागरिकताको विषयमा नेकपालभित्रै विरोध भईरहेका बेला कांग्रेसले पनि फरक मत राखेको छ । सोहि बिषयमा कांग्रेस नेता डा रिजालले पनि आफ्नो फरक मत राखेका छन् ।

उनको ट्वीटः कथा प्रीति कौरको हो । तर उनको मात्रै होइन, अरू धेरै नेपाली मनको हो । मेरो बुहारी चीनीया मूलकी अमेरिकी हुन । भारतसँग उनको कुनै साइनो सम्बन्ध छैन,भारतीय भूभाग टेकेकी पनि छैनन् । लामो समयदेखि भारतले हाम्रो भूभाग अतिक्रमण गरेको छ । तर यो कारणले उनलाई नेपाली नागरिकतामा बन्देज किन लगाउने ?