गण्डकी प्रदेश

गण्डकी प्रदेशका दुई जिल्लामा थप २० जनामा कोरोना पुष्टि

८ असार काठमाडौं । सोमबार आज बिहानै स्याङ्जा र नवलपुरमा गरेर २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको दुई जिल्ला स्याङ्जामा १२ र नवलपुरमा ८ गरी २० जना संक्रमीत थपिएका हुन् ।

यो संंगै गण्डकी प्रदेशमा कोरोना संक्रमीतको संख्या ५ सय ४० पुगेको छ । उनीहरु सबै भारतबाट फर्किएका हुन् ।

सबै जना सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेका र सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।