खेलकुद

रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लियो

एजेन्सी । बार्सिलोनालाई उछिन्दै रियल मड्रिड स्पेनिस लिगको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा रियल सोसिडाडलाई २–१ गोल अन्तरले हराउँदै रियल लिगको शीर्ष स्थानमा उक्लिएको हो । रियलले बार्सिलोनासंग अंक बराबरी गर्दै हेड टू हेडका आधारमा तालिकाको शीर्ष स्थानमा कब्जा जमाएको हो ।

गत शुक्रबार बार्सिलोनाले सेभिल्लासंग गोल रहित बराबरी खेलेसंगै रियललाई शीर्ष स्थानमा उक्लिने अवसर प्राप्त भएको थियो । भिनिसियस जुनियरलाई फल गरेपछि प्राप्त पेनाल्टीमा सर्जियो रामोसले गोल गर्दै पाहुना टोलीलाई ५० औं मिनेटमा अग्रता दिलाएका थिए ।

करिम बेन्जिमाले ७० औ मिनेटमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाउने काम गरे । मिकेल मोरिनाले ८३ औं मिनेटमा घरेलु टोलीका लागि एक गोल फर्काए । पाहुना टोली रियलका रामोस गोल गर्ने बित्तिकै चोट बोक्दै मैदान छाडेका थिए ।

रियल मड्रिडले सन् २०१२ पछि एक मात्र लिग उपाधि जितेको छ । लिगमा ८ चरणको खेल बाँकी रहदा रियलले शीर्ष स्थानमा कब्जा जमाएको हो । शीर्ष स्थानको रियलले ३० खेलबाट ६५ अंक जोड्यो । सोसिडाड ४७ अंक सहित छैटौ स्थानमा रह्यो ।

बार्सिलोनाले मंगलबार एट्लेटिको बिल्बाओसंग प्रतिस्पर्धा गर्दा रियलले अर्को दिन घरेलु मैदानमा मोलार्कासंग खेल्नेछ ।