अन्तर्राष्ट्रिय

कोरोना कहरः अमेरिकापछि दोस्रोमा ब्राजिल, ५० हजार वढीले गुमाए ज्यान

८ असार काठमाडौं । अमेरिकापछि कोरोनाको चपेटामा ब्राजिल परेको छ । अमेरिकामा कोरोनाले १ लाख २२ हजार को ज्यान लिँदा ब्राजिलमा ५० हजार ६ सय ५९ को मृत्यु भएको छ ।

भने ब्राजिलमा कोरोना संक्रबीतको संख्यामा पनि दोस्रो छ । ब्राजिलमा कोरोना संक्रमीतको संख्या १० लाख ८६ हजार ९ सय ९० पुगेको छ । त्यहाँ ५ लाख ७९ हजार २ सय २६ जना उपचारपछि निको भएका छन् ।

यस्तै ब्राजिलमा ८ हजार ३ सय १८ को अवस्था गम्भिर भएकाले मृतकको संख्या अँझ बढ्नसक्ने देखिएको छ । चिनको वुहान सहरबाट फैलिएको प्राणघातक भाईरस कोरोनाले विश्वलाईनै आक्रात्न पारेको छ, त्यस्मा पनि कोरोनाको मारमा परेको देश ब्राजिल दोस्रो स्थानमा आउँछ ।