अन्तर्राष्ट्रिय

पाकिस्तानमा लगातार तीन वटा बम बिस्फोट

एजेन्सी । पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ । स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले ती बिस्फोटहरुको जिम्मेवारी लिएको छ ।

एउटा बिस्फोटन सिन्ध प्रान्तका राजधानी कराँचीमा भएको थियो । उक्त आक्रमणमा एक सर्वसाधारण र अधैसैनिक बलका सदस्य सहित आठ जना अरु घाइते भएका थिए ।

अर्को बिस्फोटन घोट्की जिल्लामा भएको थियो जसमा दुई सैनिकको ज्यान गएको थियो । तेस्रो बिस्फोटन सिन्ध प्रान्तकै लर्काना जिल्लामा भएको थियो, तर यसमा कुनै क्षति पुगेको थिएन ।