सुदूरपश्चिम

खोला तर्ने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु

७ असार, दार्चुला । नौगाड गाउँपालिकामा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । वडा नं ३ की २६ वर्षीया कमला ठगुन्नाको मृत्यु भएको हो । आज बिहान खोला तर्ने क्रममा ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक ठगुन्नाका दुई छोरी रहेका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक खगेन्द्र साउँदको टोली खटिएको छ ।