समाचार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भण्डारीद्वारा स्वास्थ्य सामग्री सहयोग

७ असार, दमौली । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले गृहजिल्ला तनहुँमा आज स्वास्थ्य सामग्री पठाएका छन् । कोरोनाका सङ्क्रमित थपिनेक्रम जारी रहेपछि पूर्वमन्त्री भण्डारीले आज विभिन्न स्वास्थ्य सामग्री पठाए ।

उनले एक हजार ८०० थान मास्क, ६०० थान पञ्जा, १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) र १० लिटर स्यानिटाइजर जिल्ला पठाएका नेपाली काँग्रेस व्यास नगर समितिका सहसचिव डम्बरबहादुर अधिकारीले जानकारी दिए ।

पछिल्लो समयमा क्वारेन्टिनमा स्वास्थ्य सामग्रीको अभाव हँुदै गइरहेको र कोभिड–१९ को नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाएको पूर्वमन्त्री भण्डारीले बताए । यसअघि उनले जिल्लाका १० वटै स्थानीय तहमा करिब तीन लाख बराबरको स्वास्थ्य सामग्री र एक लाख नगद उपलब्ध गराएका थिए ।