राजनीति

अध्यक्ष थापा भन्छन्ः नागरिकताको बिषयमा काँग्रेसको ताल देखेर आश्चार्य लाग्छ

७ असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले भारतमा एक अर्ब ३० करोड भन्दा बढी जनसंख्या भएपनि नागरिकताका लागि प्रकृया थाल्न नै ७ बर्ष पर्खनुपर्ने नियम भएको भन्दै नेपालमा ७ बर्ष पर्खन खोज्दा बिरोध हुनु आश्चार्य भएको प्रतिकृया दिएका छन् ।

उनले के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? भन्ने प्रश्न गर्दै यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ ! भनेका छन् । नेकपाले ७ बर्षमा मात्र नागरिकता दिन मिल्ने पास गरेको छ भने अन्य दलहरुले निर्णय गरिसकेका छैनन्, त्यसै अवस्थामा राप्रपा अध्यक्ष थापाको टिप्पणी आएको हो । 

अध्यक्ष थापको ट्वीटः १ अर्ब ३०करोड जनसंख्या भएको भारतमा भारतीय नागरिकसंग विवाह गर्नेले नागरिकताको लागि दरखास्त दिन कम्तिमा ७बर्ष पर्खनुपर्छ। ३करोड जनसंख्या हुने नेपालले ७बर्षको आधार राख्न खोज्दा बिरोधगर्नु आश्चर्यजनक छ। के ‘रोटीबेटी’को चिन्ता नेपाललाई मात्र हो ? यस बिषयमा कंग्रेसको ताल देखेर आश्चर्य लाग्छ