राजनीति

थेत्तरो ओली सरकारले आफ्नो विवेक पनि गुमायो, अरुको सल्लाह पनि मानेनः डा संग्रौला

७ असार, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एवम् साँसद डा डिला संग्रौलाले जतिसुकै राम्रो सुझाव र सल्लाह नेकपा नेतृत्वको केपी शर्मा ओली सरकारले नमानेको बताएकी छन् । उनले सरकारलाई जति घोचे, जति चिमटे पनि सुम्सुमाए पनि न त कसैको कुरा सुन्छ, न त आफ्नो बुद्धि विवेकले नै चल्छ भन्दै आक्रोश पोखेकी छन् ।

नेतृ डा संग्रौलाले व्यंग्यात्मक प्रश्न सोध्दै भनेकी छन्, समृद्ध र सुखी नेपालीको नारा दुखीः नेपालीमा परिणत भै सक्दा पनि जनताको आवाज नसुन्ने थेत्तरो सरकारको लागि लौन डाः ओलि ज्यु के दबाइ खाने हो?

डा संग्रौला स्टाटस्मार्फत भन्छिन्ः जतिसुकै राम्रो सुझाव र सल्लाह वा जति घोचे, जति चिमटे पनि सुम्सुमाय पनि नत सरकार कसैको कुरा सुन्छ नत आफ्नो बुद्धि विवेकले नै चल्छ । समृद्ध र सुखी नेपालीको नारा दुखीः नेपालीमा परिणत भै सक्दा पनि जनताको आवाज नसुन्ने थेत्तरो सरकारको लागि लौन डा. ओलि ज्यु के दबाइ खाने हो ?