सामाजिक सञ्जाल

नागरिकता जस्तो राष्ट्रप्रतिको निष्ठाको प्रमाणमा खेलाँची गर्नु हुन्नः नेता घिमिरे

६ आषाढ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नागरिकतामा नारी पुरुषमा बिभेद गर्न नहुने बताएका छन् ।
उनले, ‘नेपाल बाहिरबाट बिहे गरेर आउने बिदेशी महिला वा पुरुष दुवैले अङ्गिकृत नागरिकता पाउनुपर्छ तर यसरी नागरिकता प्राप्त गर्न नेपालमा दश बर्ष बसोबास गरेको हुनुपर्छ।’

युवा नेता घिमिरेले नागरिकता राष्ट्र प्रतिको नागरिक निष्ठाको प्रमाण भएको बताउँदै नेपालजस्तो थोरै जनसंख्या भएको र ठूला एवं दुई सय सत्तरी करोड जनसंख्या भएका भारत र चीनको बिचमा रहेको वास्तविकताको हेक्का राख्नुपर्ने विचार ब्यक्त गरेका छन् ।

नेता घिमिरेले सस्तो लोकप्रियताका लागि राष्ट्रलाई दुरगामी प्रभाव पार्ने बिषयमा खेलाँची गर्नु नहुने भावनात्मक अभिव्यक्ती समेत दिएका छन् ।

नेता घिमिरेको स्टाटस्ः नागरिकतामा नारी पुरुषमा बिभेद गर्नु हुदैन । नेपाल बाहिरबाट बिहे गरेर आउने बिदेशी महिला वा पुरुष दुवैले अङ्गिकृत नागरिकता पाउनुपर्छ तर यसरी नागरिकता प्राप्त गर्न नेपालमा दश बर्ष बसोबास गरेको हुनुपर्छ। नागरिकता राष्ट्र प्रतिको नागरिक निष्ठाको प्रमाण हो। फेरि नेपालजस्तो थोरै जनसंख्या भएको र ठूला एवं दुई सय सत्तरी करोड जनसंख्या भएका भारत र चीनको बिचमा रहेको वास्तविकताको हेक्का राख्नु पर्छ। सस्तो लोकप्रियताका लागि राष्ट्रलाई दुरगामी प्रभाव पार्ने बिषयमा खेलाँची गर्नु हुदैन।