राजनीति

काँग्रेसले अझै १४ औं महाधिवेशन शुरु नगरे युवाले बिशेष महाधिवेशन बोलाउछन्ः नेतृ कोईराला

६ असार, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् पुर्ब उपप्रधानमन्त्री सूजाता कोईरालाले नेपाली काँग्रेसको १४ औं महाधिवेशन शुरु गर्न अलिकतिपनि ढिला गर्न नहुने बताएकी छन् ।

उनले महाधिवेशन तुरुन्त थाल्न काँग्रेसले प्रकृया नथालेमा काँग्रेसका युवा प्रतिनिधिहरुले बिशेष महाधिवेशन गर्ने आफूले सूचना पाएको स्पष्ट गरेकी छन् ।

कोरोना महामारीले बिश्व नै संकटमा परेको कारण महाधिवेशनको म्याद नेतृत्वले सार्न सक्ने अनुमानमा नेतृ कोईरालाले उक्त बक्तब्य निकालेको हुनसक्ने अनुमान एकथरीको छ भने अर्कोथरीले राजनीतिक बृतमा पुर्बप्रधानमन्त्री एबम् काँग्रेसका शक्तीसाली सभापति स्व. गिरिजा प्रसाद कोइरालाकी पुत्रीले बल्ल बुद्धि पुर्याएको भन्दै प्रशंसा समेत गर्न थालेका छन् ।
नेतृ कोईराला निर्बाचित केन्द्रीय सदस्यमात्र नभएर काँग्रेसमा महिलाको भूमिका आएमा सबैभन्दा उच्च सम्भावना भएकी व्यक्तीत्वमा पर्दछिन् । नेपाली काँग्रेसको महाधिवेशनले सडक तात्नेबेलामा कोरोना संक्रमणका कारण सुस्त देखिएकोबेला प्रभावशाली नेतृ कोइरालाको उक्त धारणा आएको हो ।

नेतृ कोईरालाको स्टाटस्ः अव नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले महाधिवेशनको प्रकृया सुरु गर्न ढिला गर्नु हुँदैन! यदी तुरुन्त त्यसो हुन् सकेन भने पार्टीका युवा प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्ने तयारी गरेको सुचना मैले पाएको छु ।