राजनीति

भारत/चीनसँग गुलामी गरेर भन्दा नेपाली भएर राजनीति गरौं: नेता गुरुङ

६ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता धनराज गुरुङले बिदेशी एसेट्सहरु देशका शत्रु भएको बताएका छन्।

उनले पछिल्लो समय नेकपाका नेताहरुले चिनियाँ उच्च तहका नेतासँग गरेको भिडियो संबादसंग जोडेर कुरा गर्दै कोही दिल्ली र कोही बेइजिङ्गको एसेट्स नबन्न सबै राजनीतिक नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले स्टाटस् लेख्दै भनेका छन्, ‘नेपाली हौं। नेपालीका लागि राजनीति गरौं।’ नेता गुरुङले नेपाली राजनीतिमा भारत वा चीनसँग नजिक भएर शक्ती बढाउँदै नेपालको सम्पती हुनको सट्टा उतैको सम्पती हुनतिर नलाग्न आग्रह गरेको देखिन्छ ।

छोटो स्टाटस्बाट उनले भारत र चीनसँग नपिजकिँदै नेपाल र नेपाली जनताको मन जितेर राजनीति गर्न साँकेतिक चुनौति दिएको बुझ्नु पनि अत्सुक्ति नहोला ।

नेता गुरुङको स्टाटस्ः नेपाली हौं। नेपालीका लागि राजनीति गरौं। कोही दिल्ली र कोही बेइजिङ्गको एसेट्स नबनौं। बिदेशी एसेट्सहरु देशका शत्रु हुन्। चेतना भया?