राजनीति

बिदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

६ असार काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले बिदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । पटक–पटक स्थगीत हुँदै आएको नेकपाको सचिवालय बैठक आज पुनः बसेको छ । आजको बैठकमा नेकपाले यस्तो निर्णय लिएको हो

आज (शनिबार) बसेको नेकपाको सचिवालय बैठकले नागरिकता विद्येकमा नेपाली पुरुषसंग विबाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने सहमती जुटेको हो ।

साथै नेकपाको उक्त निर्णयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुभने सहमत छैनन् यद्यपी ओली सरकार बहुमतका आरधारमा भएपनि निर्णय गरेर अघि वढ्ने निर्णय गरेको छ । नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ ।

यस्तै बिदेशी ज्वाँईलाई पनि अंगिकृत नागरिकता दिनुपर्ने महिला सांसदहरुको प्रस्ताव भने अस्वीकृत गरेको छ । नागरिकता विधेयक राज्य व्यवस्थता तथा शुसासन समितिमा दुई वर्षदेखी अड्कीएको छ । विधेयकको विषयमा सत्तापक्ष र प्रतिपक्ष कांग्रेसको मत फरक भएपनि यो विधेयक अनयौलमा परेको थियो ।