राजनीति

नेकपा सरकारले कुटनीतिका आधारभूत मुल्य–मान्यताको बर्खिलाप गरेको डा आचार्यको टिप्पणी

६ असार काठमाडौं । साझा पार्टीका प्रवक्ता डा सुर्यराज आचार्यले नेकपा सरकारले कुटनीतिका आधारभूत मुल्य–मान्यताको बर्खिलाप गरेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त पार्टी र देशलाई सञ्चालन गर्ने अनुभव साटासाट गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबिच शुक्रबार भएको गोष्ठिलाई लिएर चौतर्फि आलोचना भईरहेका बेला डा आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सत्ताधारी नेकपाको अत्यन्तै गैरजिम्मेवार हर्कत भएको भन्दै राज्यसञ्चालन र कुटनीतिका आधारभूत मुल्य-मान्यताको बर्खिलाप रहेको बताएका छन । प्रवक्ता आचार्यले विदेशि रिझाएर सत्ताभोग गर्ने निकृष्ट सोचको पटाक्षेप भएको भन्दै सार्वभौमसत्ता र राष्ट्रिय आत्मसम्मान प्रति अपहेलना भएको समेत टिप्पणी गरेका छन् ।

उनले आफ्नो ट्वीटमा अगाडी भनेका छन्ः चल्तिको राजनीतिको यस्तो लम्फु सोच र कार्यशैलीले देशलाई कहाँ लग्ने हो ?

उनको ट्वीटः सत्ताधारी नेकपाको अत्यन्तै गैरजिम्मेवार हर्कत ! राज्यसञ्चालन र कुटनीतिका आधारभूत मुल्य–मान्यताको बर्खिलाप । विदेशि रिझाएर सत्ताभोग गर्ने निकृष्ट सोचको पटाक्षेप । सार्वभौमसत्ता र राष्ट्रिय आत्मसम्मान प्रति अपहेलना । चल्तिको राजनीतिको यस्तो लम्फु सोच/कार्यशैलीले देशलाई कहाँ लग्ने हो ?