आर्थिक

मुद्धा जितेपछि ईन्भेष्टमेन्ट बैंकले पायो १ अर्ब २० करोड फिर्ता

५ असार काठमाडौं । ईनभेष्टमेन्ट बैंकले मुद्धा जितेपछि १ अर्ब २० करोड रुपैयाँ फिर्ता पाएको छ । नेपाल ईन्भेष्टमेन्ट बैंकले तनहुँको जलविद्युत कम्पनीको काउन्टर ग्यारेन्टी बसेबाफतको रकम पिर्ता पाउन थालेको बताईएको छ । ईटालीको उच्च अदालतमा क्षतिपुर्ति पाउनेगरी गल मंगलबार बैंकले मुद्धा जितेको थियो ।

इटालीको इन्सेटा सानपाउलो बैङ्कले मंगलबार बैङ्कलाई करिब एक अर्ब २० करोड रुपैयाँ पठाएको बैङ्क स्रोतले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाको ठेक्का सम्झौतामा सीएमसी रेभिनाका लागि इटालीको इन्सेटा सानपाउलो बैङ्कका तर्फबाट काउन्टर ग्यारेन्टी जारी गर्दा नेपाल इन्भेस्टमेन्ट बैङ्कको एक वर्ष ९७ करोड रुपैयाँ १६ महिनादेखि फसेको थियो । साथै बैंकले पाउनुपर्ने बाँकी ८५ करोड पाउने भएको छ ।