गण्डकी प्रदेश

गण्डकी प्रदेशमा आज एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि

५ असार काठमाडौं । गण्डकी प्रदेशमा आजमात्रै ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको बागलुङमा १०, तनहुँमा १७ र पवर्तमा पाँच जना गरेर फेरी ३२ जना संक्रमीत थपिएका छन् ।

आज बिहान मात्रै गण्डकी प्रदेशको कास्की, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), बाग्लुङ र स्याङ्जामा गरी आज २४ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका थिए ।

नवरपुरमा २, बागलुङमा १४, कास्कीमा ६ र स्याङ्जामा २ जनामा आज बिहानै संक्रमण पुष्टि भएको थियो ।यो संगै गण्डकी प्रदेशमा कारोना संक्रमीत हुनेको संख्या ३ सय ८० पुगेको छ ।