राजनीति

अध्यक्ष थापाको प्रश्नः नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ?

५ असार काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी र देश सञ्‍चालन अनुभव आदानप्रदान तथा चीन र नेपालका सत्तारूढ पार्टीका उच्च पदाधिकारीबीचको गोष्ठी प्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरुगर्ने होभने नेपालको हालत के होला भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको हो ? भन्दै प्रश्न गरेका छन् । बेइजिङको समय अनुसार आज अपरान्ह ४ बजेतिर जिम्मेवार पार्टी सदस्यहरूले नेपालका कम्युनिष्ट पार्टीका नेताहरूसँग भिडियोमार्फत्  अन्तर्क्रिरया गर्दैछन् ।

उनको ट्वीटः आपत्तिजनक नवऔपनिवेशिक अभ्यास, अब यसैगरि अन्य राजनीतिक दलहरुले पनि आफु अनुकुलका बिदेशी दलहरुबाट प्रशिक्षण तथा राजनीतक र आर्थिक सहयोग लिने क्रम शुरुगर्ने होभने नेपालको हालत के होला ? के नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धास्थल बनाउन खोजिएको होर ?