खेलकुद

कोरोना प्रभावित फुटबलकर्मीलाई राहतदिन गरेको एन्फाको प्रस्ताव फिफाद्वारा स्विकृत

५ असार काठमाडौं । कोरोनाबाट प्रभावित फुटबलकर्मीलाई राहत दिन अखिल नेपाल फुटबल संघ ९एन्फा०ले प्रस्ताव गरेको १ लाख डलरको राहत कार्यक्रमलाई फिफाले स्विकृत गरेको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट प्रभावित फुटबलसंग सम्बन्धित व्यक्ति तथा संस्थालाई राहतका लागि एन्फाले प्रस्ताव गरेको १ लाख डलरको कार्यक्रमलाई फिफाले स्विकृती प्रदान गरेको हो ।

एन्फाले आफुसंग आबद्ध जिल्ला सदस्य, संघ, खेलाडी तथा अफिसियललाई दिने आर्थिक प्याकेजको कार्यक्रम फिफा समक्ष प्रस्ताव गरेको थियो । एन्फाले जिल्ला, संघ तथा क्लबहरुलाई समान ७५ हजार तथा राष्ट्रिय टिमका खेलाडी तथा रेफ्रीलाई समान १५ हजार रुपैयाँ राहत दिने प्रस्ताव गरेको थियो । एन्फाले पेश गरेको राहत सम्बन्धि प्रस्तावलाई फिफाले स्विृकत गरेको हो ।

फिफाले राहत सम्बन्धि प्रस्ताव स्विकृत गरेसंगै एन्फालाई राहत वितरण गर्ने बाटो खुलेको छ । एन्फा महासचिव ईन्द्रमान तुलाधरले भोली (शुक्रबार) बाट राहत वितरणको काम अघि बढ्ने खेलपाटीलाई बताए ।

‘एन्फाले पठाएको प्रस्तावलाई फिफाले स्विकृत गरेको छ । कोरोनाबाट प्रभावित फुटबल समुदायलाई सहयोग गर्न भन्दै फिफाले राहत प्रस्ताव पेश गर्न सम्पूर्ण सदस्य राष्ट्रसंग अपिल गरेको थियो । फिफाले एक लाख डलरको सिमा तोक्दै राहत कार्यक्रम पेश गर्न सदस्य राष्ट्रसंग अपिल गरेको थियो ।

सोही अनुसार एन्फाले सबै जिल्ला, क्लब तथा अफिसियलसंग निवेदन माग गर्दै राहत वितरणको प्रस्ताव तयार गरेको थियो । सोही प्रस्ताव एन्फाले स्विकृतीका लागि फिफा समक्ष पठाएको हो ।

एन्फाले फिफाबाट प्राप्त राहत रकमलाई समान रुपमा जिल्ला, क्लब, संघ तथा खेलाडी अफिसियलमा वितरण गर्न लागेको हो । कोरोनाका कारण फुटबल सम्बन्धि गतिविधि तथा कार्यक्रम स्थगित अवस्थामा छन् । घरेलु फुटबल सञ्चालनको समय अझै तय हुने सकेको छैन । तर एन्फाले विश्वकप छनोटको खेलको तयारीकालागि अर्को महिनाबाट राष्ट्रिय टिमको प्रशिक्षण सुरु गर्ने निर्णय गरिसकेको छ ।