राजनीति

प्रधानमन्त्रीको स्वास्थ्य ठीक भएन बिदा दिऔंः डा भट्टराई

४ जेठ, काठमाडौं । समाजबादी जनता दलका नेता डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थय भएकोले छिटै बिदा दिनुपर्ने विचार व्यक्त गरेका छन् ।

उनले कोरोना रूघाखोकीजस्तै हो, हाच्छ्युँसाच्छ्यूँ गरेर तातोपानी खाएर उडाइदिनु पर्छः प्रधानमन्त्री शीर्षकको एक समाचारमाथी टिप्पणी गर्दै प्रधानमन्त्रीलाई विदा गर्नुपर्ने बताएका हुन् ।

डा भट्टराईले भनेका छन्ः देशको प्रमले पटकपटक यस्ता वेसुरका कुरा गर्दा हामी सुनेर बस्छौं वा प्रतिवाद गर्न डराउँछौं भने गरीबी, धामीझाँक्री र अन्धविश्वासको दुष्चक्रमा परेका जनताले किन उनलाई साँच्चैको डाक्टर वा अलौकिक पात्र नमानून्? अब सबैले साहस बटुलेर भन्नैपर्छः प्रमको स्वास्थ्य ठीक छैनः छिटो विदा दिनैपर्छ!