पु.समाचार

अब त अति भो सरकार! जताततै ‘कु’कृत्यमात्र देखिन थालेः डा संग्रौला

४ असार, काठमाडौं । नेपाली काँग्रेसकी साँसद डा डिला संग्रौलाले नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारले अब त अति गरेको आरोप लगाएकी छन् । आज साासद सँग्रौलाले संसदमा बोल्दै १० अर्बको अस्पष्ट र अपुरो हिसाब बुझाउन नपाउँदै चीनबाट फर्काएर खरिपाटी क्वारेन्टाइनमा राखिएका नागरिकबाट ‘औषधि नखाइ ७४ लाखको बिल’ प्रकरण बाहिरियो भन्दै आक्रोस पोखेकी छन् ।

उनले भनिन्, ‘वैदेशिक रोजगार कल्याणकारी कोषबाटै श्रमिकको उद्दार गर्न सर्वोच्च अदालतको आदेश आउछ । तर, केही देशले चार्टर्ड गरेर नेपालीलाई सकुशल पठाउँछौं भन्दै गर्दा सरकारको कमिशनको बार्गेनिङले नेपाल उडान रोकिन्छ ।’

डा संग्रौलाले मोरङको मंगलबारेमा स्थानीयबासीले बनाएको अस्पताललाई कम्युनिष्टकरण गर्दै मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर नामाकरण गरी ऐतिहासिकता र स्थानीय पहिचानलाई मेटाउन प्रदेश एक सरकार उद्धत देखिएको आरोप लगाउँदै स्थानीयलाई आन्दोलन उत्रिन बाध्य पारिएको बताईन् ।

काँग्रेस केन्द्रीय सदस्य समेत रहेकी उनले सरकारले परिचालन गरेका स्वयंसेवक र स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा राखिएका महिलामाथि कुकृत्य गरेको भन्दै २४ करोडको स्वास्थ्य सामग्रीमा फेरि अनियमितता, सस्तो मूल्य प्रस्ताव गर्ने ११ कम्पनीलाई छोडेर १२ औँलाई ठेक्काहरुबाट जनता आर्जित भएका र सरकारको जनताबिरुद्धको अध्याचार भएको दाबी गरेकी छन् ।