राजनीति

राष्ट्रिय सुरक्षाको अन्तिम किल्ला सेनाको मनोबल गिराउने काम बन्द गरौंः अध्यक्ष थापा

४ असार काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले मुलुकको रक्षामा खटिने नेपाली सेनाको मनोबल गिराउने काम गर्न नहुनेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटमाफर्त अध्यक्ष थापाले राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुन नहुनेमा जोड दिएका हुन् । साथै सेनाको मनोबल गिराउने काम नगर्न पनि आग्रह गरेका छन् ।

सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावतः अनाबश्यक विवादीत विषय भएपनि भविष्यमा यस्तो गल्ति नदोहर्याउनु पर्नेमा जोड दिएका छन् ।

 

उनको ट्वीटः राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुनुहुंदैन। सेनाको मनोबल गिराउने काम गर्नु हुंदैन । सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावतस् अनाबश्यक विवाद हुन्छ । भविष्यमा यस्तो गल्ति नदोहरियोस् ।