राजनीति

बिदेशी बुहारी/ज्वाईलाई सात वर्षमा नागरिकता दिने प्राबधान दुबै गलतः नेता गुरुङ

४ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा युवा नेताधनराज गुरुङले बुहारीलाई अनएराइभल नागरिकता दिने कुरा र ज्वाई साबलाई पनि सात वर्षमा नागरिकता दिने प्राब्धान दुबै गलत भएको तर्क गरेका छन् ।

नेता गुरुङले कांग्रेस र नेकपाका शिर्ष नेतृत्वले गम्भीर विषयमा संवेदनशील भएर निर्णय गर्नुपर्ने नेता गुरुङको भनाई छ । नेता गुरुङले एकपछ अर्को स्टाटस् लेख्दै सरकारले गरेको भ्रष्टाचारको काण्ड एक पछि अर्को सार्बजनिक भइरहँदा पनि नेकपा भित्र भ्रष्टाचार काण्ड सम्बन्धमा आश्चर्यजनक मौन शान्ति छाएको भन्दै किन? भन्दै प्रश्न गरेका छन् । नेता गुरुङ थप्छन्, ‘काले–काले मिलेर खाउँ भाले भएको हो कि! क्यान्टोनमेन्टदेखि ललिता निबास काण्डसम्मको तरबार घाँटीमा झुण्डिएकोले हो कि!’

नेता गुरुङको स्टाटस्ः १.सरकारले गरेको भ्रष्टाचारको काण्ड एक पछि अर्को सार्बजनिक भइरहँदा पनि नेकपा भित्र भ्रष्टाचार काण्ड सम्बन्धमा आश्चर्यजनक मौन शान्ति छाएको देखिन्छ। किन? काले–काले मिलेर खाउँ भाले भएको हो कि! क्यान्टोनमेन्टदेखि ललिता निबास काण्डसम्मको तरबार घाँटीमा झुण्डिएकोले हो कि!

२.हामी कस्को स्वार्थमा किन चिप्लिरहन्छौं ? बुहारीलाई अनएराइभल नागरिकता दिने कुरा र ज्वाईँ साबलाई पनि सात वर्षमा नागरिकता दिने प्राब्धान दुबै गलत हुन् भन्ने मलाई लाग्छ। कांग्रेस र नेकपाका शिर्ष नेतृत्वले गम्भीर विषयमा संवेदनशील भएर निर्णय गरोस्। जयनेपाल।