प्रवास

अमेरिकामा गैर–दलितले दलितसंग घुडा टेकेर मागे माफी

४ असार काठमाडौं । अमेरिकाको डिसीमा गैर–दलित नेपाली समुदायले अब्राहम लिङ्कन र मार्टिन लुथर किङ्ग जुनियरलाई साक्षी राखी दलित समुदायसंग घुडा टेकेर माफी मागेका छन् । अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका गैर दलित नेपाली समुदायले दलित समुदायलाई जातीय विभेदको उन्मुलन गर्न नया परम्पराको थालनी गएका छन् ।

गत आइतबार जुन १३, २०२० मा अमेरिकाको राजधानी वाशिंगटन डिसी स्थित अब्राहम लिंकन मेमोरियलको पाउदानमा लिंकन र मार्टिन लुथर किंग जूनियर लाई साक्षी राखेर गैर–दलित साथीहरुले दलित साथीहरुसंग सार्वजनिक रुपमा घुडा टेकेर माफ़ी मागेका हुन् ।

अस्वेतको जीवन महत्वपूर्ण छ र दलित जीवन महत्वपूर्ण छ भन्दै हालै अमेरिकामा भैरहेको आन्दोलन प्रति समर्थन समेत जनाएका छन् । यो ऐतिहासिक कार्यक्रम चेतनशिल गैर–दलित ९तथाकथित उच्च वर्गीय ०नागरिकहरु दलित साथीहरुसंग ऐक्यबद्धता भएर गरेका हुन् । नेपाली समुदायको ईतिहासमा पहिलो पटक अमेरिकी मूलधारको राजनीतिमा सार्वजनिक पदमा निर्वाचित मेरिल्याण्ड राज्यको टाउन अफ इन्डियन हेडका उप नगर प्रमुख किरण सिटौलाले जुन १७, २०२० (आषाढ ३,२०७७) का दिन छापा विज्ञप्ति मार्फत उक्त कुरा जानकारी गराएका छन् ।

सिन्धु घाटी सभ्यताको दास प्रथा प्रचलनको सुरुवातसंगै र मनुस्मृति र अन्य धर्म ग्रन्थको प्रकाशनको आड लिएर त्यतिबेलाको राज्य संयन्त्रले वर्ण बिभाजनलाई आधारित मानेर दलित समुदाय माथि धर्म र परम्पराको नक्कली र गलत परिभाषाको पर्दा ओडेर, गंगाको मैदान यस भारतबर्षमा बंशानुगत अनुलंघनीय प्रथाको सृजना गरि दमन सुरु गरिएको आज ५५०० वर्षपछि सम्म पनि प्रत्यक्ष या अप्रत्यक्ष कायम नै छ भनि बिज्ञप्तिमा भनिएको छ ।

१३ वर्षकी नाबालिक अंगिरा पस्सीको हत्या र रुकुममा घेरी(घेरी भेरीमा मारिएका युवाहरुको घटनाले छर्लंग परेको छ। यो घटनामा हामी कोहि चोखो छैनौ भनि आयोजकले उक्त कुरा उल्लेख गरेका छन् । उक्त छापा बिज्ञप्तिमा लिच्छवी मल्ल (जय स्थिति मल्ल),१९१० को पहिलो मुलिकी ऐन,शाह,राना,पंचायती ,प्रजातन्त्रबादी,माओबादी,गणतन्त्रबादी हामी सबै दोषी छौ ।

जो गलत देखेर पनि आँखामा पट्टि बाधेर संबिधान र कानुनी प्रक्रियालाई हजारौ बर्षका दमन मेटाउन निर्लज्ज आफ्नो जिम्मा सारेका छौ भनिएको छ । साथै यतिखेर नेपालमा यो घटनाको विरुद्ध दान–दान आगो बल्नु पर्ने हो तर त्यसो भएको छैन किनकि ७५५ जनता दोषी छौ । राज्य संरचनाको नेतृत्व र मानब अधिकारबादी प्राय सबै गैर–दलित छौ ।

दलित भित्र पनि दलित खडा गरेर ,प्रजातान्त्रिक प्रणालीको गलत अभ्य्यास गरेर विभिन्न दलगत चिरामा दलित वर्गलाई बिभाजित हुन बाध्य बनाएका छौ । वहाहरुको आवाजहरू त्यसै हावामा हराउँन् बाध्य बनाएका छौ भनि उल्लेख गरिएको छ । अमेरिकामा अस्वेत जर्ज फलोएडलाई प्रहरीले ८ मिनेट ४६ सेकेन्ड घटीमा घुडाले थिचेर हत्या गरेको कारणले ३ हप्ताको आन्दोलनले धेरै परिवर्तन ल्याई सक्यो ।

आन्दोलन अझै जारी छ । निजीक्षेत्रले समेत परिवर्तन हुने प्रतिबद्धता देखाउन लागिसके । यो आन्दोलनमा स्वेत-अस्वेत र अन्य अल्पसंख्यक सबै स्वतस्स्फुर्तरुपमा सडकमा निस्किरहेका छन् । तर हाम्रो देशमा त्यत्रो नरसंहार हुंदा समेत दलितहरु मात्रै र केहि राजनैतिक दलका प्रतिनिधिहरु मात्रै आन्दोलित छन् भनि उक्त बिज्ञप्तिमा दुख पोखेका छन् ।

अब हामी एकजुट हुनु पर्छ र विभेदका संरचना भट्टीहरू भत्काउन पहल गर्नु पर्छ । यो राष्ट्रिय समस्या हो । यो दलितको मात्र समस्या कदापी होइन र उनीहरु एक्लैले यसको समाधान र सामना गर्न सक्दैनन । जातीय हिंसा हो कि हैन भन्ने बादविबादमा ध्रुवीकृत भैरहने समय सिद्धिएको छ । समस्या जटिल छ तर समाधान तर्फ़ भने हामी सबै जुटेर जानु पर्छ भनि बिज्ञप्तिमा आब्हान गरिएको छ ।

देशमा समाज परिवर्तनका लागि गरिने आन्दोलनमा चासो नदेखाउने रोग छ । नेपाली भनेर शिर ठाडो पर्ने अधिकार हामीले गुमाई सकेका छौ । हामीले नया ढंगले यस समस्याको समाधान खोज्नु पर्छ यदि शिर ठाडो पर्ने हो भने भनि आग्रह गरिएको छ । साथै आजका चेतनशील युवा र बढ्दो नेपाली जनचेतना प्रति हाम्रो पूर्ण विश्वास छ कि एकजुट भएर यो समस्यालाई निर्मुल पर्न सक्छौ भनिएको छ ।

पहिला हामी आम नागरिकले यो राष्ट्रिय समस्या हो र यसबाट शताब्दीऔ देखि हाम्रा दलित साथिहरू राज्य संयन्त्रले सुनियोजित ढंगले दलित समाज माथि दमन र बन्चित गरेको छ। यो बिषयमा दुइमत राख्नु हुँदैन। यो एक शास्वत सत्य हो । कानुनले बराबरी हक दिएको छ भन्दैमा ब्यबहारमा लागु भएको छैन ।

गैर-दलित (तथा-कथित उच्च बर्गीय) साथीहरुले दोष स्वीकार गर्दै दलित समुदायसंग जहाँ जहाँ भेट हुन्छ माफी मागौं । ओडा-ओडाबाट माफ़ी मागौ । नगर-नगरबाट माफी मागौ । प्रान्त-प्रान्तबाट माफी मागौ । सदनबाट माफी मागौ भनि सबैमा आग्रह गरिएको छ । उक्त बिज्ञप्तिमा अमेरिकाका ५० औ राज्यमा र शहरहरुमा, बेलायत, यूरोपियन युनिअन, क्यानाडा, जापान, अस्ट्रेलिया, भारत र जहाँ सकिन्छ त्यहाँ त्यहाँ दोष स्वीकार गर्दै दलित समुदायसंग माफी मागौं भनि बिश्वलाई आब्हान गरेका छन् ।

राज्यले एकमुष्टरूपमा दलित समुदायसंग माफी मागौ । सके जति क्षतिपूर्तिको व्यवस्था गरौ । विभेद गर्ने प्रवृति त्यागौं, छुवाछुत त्यागौं,कुनै समुदायलाई होचाउने उखान टुक्का त्यागौं । हाम्रा पूर्व जनले गरेका भेदभावको माफी मागेर दलितहरुसंग आत्माको चिर शान्तिको कामना गरौ । यो मफिले तपाईलाई निच होइन उच्च स्थान राख्छ । तपाईको मान हलुको हुन्छ ।

तपाईको दिमागले नया अनुभव गर्छ र स्वर्गवास हुनुभयो भने आत्माले चिर शान्ती पाउछ भनि उक्त बिज्ञप्तिमा भनिएको छ । आउनुहोस हामी सबै गल्ति स्वीकार गरौ । माफी मागौ । आगामी दिनमा झुठा, गलत प्ररम्परा र रितिरिवाजलाई त्यागेर, ईमान्दार कुराकानी परिवार भित्रै छलफलबाट सुरु गरौ । गलत प्रथालाई ठाउँको ठाउँमा नै सच्याउ भनि एक जुट हुन् सबैमा बिशेष आग्रह गरिएको छ ।