शिक्षा

दिव्या सिंहलाई नियुक्ति गरेर विश्वविद्यालयलाई कम्युनिष्टिकरण गरियोः डा. संग्रौला

४ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा डिला संग्रौलाले डा दिव्या सिंहलाई नियुक्ति गरेर विश्वविद्यालयलाई कम्युनिष्टिकरण गरिएको टिप्पणी गरेकी छिन् ।

नेतृ संग्रौलाले त्रि.बिका उपकुलपती डा धर्मकान्त बास्कोटाले प्रधानमन्त्री केपि ओलिको ठाडो निर्देशनमा चिकित्सा शास्त्र अध्ययन सन्स्थानको डिनमा वरिष्ठताको ३३ औं नम्बरमा रहेकी डा दिब्या सिंहलाई नियुक्ती गरेर बिश्वबिद्धालयको प्रागिक मर्यादालाइ उलंघन गरेको समेत बताएकी छिन् ।

नेतृ संग्रौलाले त्रिबिका रिक्त रहेका पदहरुमा आफ्नो मान्छे तथा कम्युनिस्टको झोला बोक्ने प्राध्यापकलाई मात्र एकलौटी नियुक्ती गरेर विश्वविद्यालयलाई कम्युनिस्टकरण गरिएको सुर्य खबरलाई बताईन ।

उनले नियम कानुनलाई मिच्दै हेपाहा र बलमिचाइको प्रबृत्तिले प्रागिक जगतलाइ कहाँ पुराउला भन्दै ? सरकार कम्निस्टको मात्र हो कि सबैको हो भन्ने कडा प्रश्न गदै ? सच्चिन जरुरी रहेको बताईन । साथै सम्बध्द निकायको ध्यान पुग्न जरुरी रहेको पनि उनको भनाई छ  । यस्तै बुधबार त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा.डा दिव्यासिंह शाह नियुक्त भएकी छिन् ।

त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गररेको प्रति डा संग्रौलाले यस्तो टिप्पणी गरेकी हुन् । यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।