पु.समाचार

कैलालीमा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु

४ असार काठमाडौं । कैलालीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलाली, गोदावरी नगरपालिका –४ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि नवजीवन अस्पतालको आइसोलेशन वार्डमा उपचार हुँदा कोरोना पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनको आइसियुमा राखेर उपचार भइरहेकामा आज साँझ मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

उनको गए रातिदेखि नै स्वास्थ्यावस्था बिग्रिएदेखि नै उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भए पनि उपलब्ध हुन सकेको थिएन । यो संगै नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ ।