पु.समाचार

कोरोना संक्रमणबाट थप एक महिलाको निधन भएको पुष्टी

३ असार, काठमाडौं । न्यूरो सम्बन्धी उपचारका लागि अस्पताल भर्ना गरिएकी सुर्खेतकी ४३ बर्षीया महिलाको निधन कोरोनाका कारण भएको पुष्टीभएसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

बुधबार ११ बजे निधन भएकी उनको संकलनपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ प्रमाणित भएको समाचार छ । साँझ प्रमाणित भएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले बताएका छन् ।

केहीदिन अगाडीदेखी बिरामी भएकी उनलाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको जनाईएको छ ।