राजनीति

सात बर्षसम्म बैवाहिक अंगीकृत नागरिकता दिनु उपर्युक्त हुन्नः अध्यक्ष थापा

३ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेपालको भूराजनीतिक अवस्था र सामाजिकर सांस्कृतिक परिवेशलाई दृष्टिगतगर्दै नागरिकताको बिषयमा संवेदनशील हुनुपर्ने बताएका छन् । उनले वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोगगर्न पाउनेगरी नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुने सल्लाह दिएका छन् ।

अध्यक्ष थापाले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोगगर्न पाउनेगरी नागरकता दिनुपर्ने बताएपनि राजनीतिक अधिकारका लागि ७६ बर्ष पर्खनैपर्ने विचार व्यक्त गरेका छन् । संसदमा बुहारीलाई नागरिकता दिने बिषयमा चलेको छलफलका बेलामा राजनीतिमा खरो प्रभाव राख्ने पुर्व उपप्रधानमन्त्री समेत रहेधका अध्यक्ष थापाको प्रतिकृया आएको हो ।

अध्यक्ष थापाकै शब्दमाः नेपालको भूराजनीतिक अवस्था र सामाजिकर सांस्कृतिक परिवेशलाई दृष्टिगतगर्दै नागरिकताको बिषयमा संवेदनशील हुनैपर्छ। वैवाहिक अंगीकृत नागरिकता सात वर्षपछि मात्र पाउने र त्यो अवधिसम्मका लागि आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रयोगगर्न पाउनेगरी नागरिकता सरहको अनुमतिपत्र दिनु उपयुक्त हुनेछ ।