आर्थिक

बैंक अफ काठमाण्डूद्वारा सामयिक निधन भएकालाई बीमा हस्तान्तरण

३ असार, काठमाणडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको सात लाखको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे छ ।

उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनीसंग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरे ।

बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।