सामाजिक सञ्जाल

गुरुगंको व्यंग्यः भ्रष्टाचारमा सरकारले इजार चुँडिएर सुरुवाल खस्दा पनि चाल नपाएकै हो ?

३ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले सरकारको इजार चुँडिएर सुरुवाल खस्दा पनि चाल नपाएकै हो ? भनेर प्रश्न गरेका छन् । चीनको बुहानबाट कोरोना संक्रमणबाट बचाउन उद्दार गरि ल्याईएका १७५ जना नेपालीलाई खुवाईएको औषधि भन्दै १७ दिनमा ७३ लाख ९८ हजारको औषधि खुवाएको समाचार आएपछि क्वारेन्टाईनमा बस्नेले औषधि नै नखाएको प्रतिकृया दिएका छन् ।

यस्तै अवस्थामा नेता गुरुगं आक्रोशित हुँदै भन्छन्, ‘चीनको वुहानबाट ल्याएर भक्तपुर खरिपाटीको कोरेन्टिनमा राखिएकाहरुलाई १७ दिनमा ७३ लाख ९८ हजारको त्यस्तो के औषधि खुवाइयो ?’ उनी थप्छन्, ‘सरकारले कोरोनाको नाममा खर्च गरेको १० अर्बको हिसाब यस्तै हो प्रधानमन्त्री ज्यू’

नेता गुरुगंको स्टाटस्ः सरकारले कोरोनाको नाममा खर्च गरेको १० अर्बको हिसाब यस्तै हो @PM_Nepalज्यु ? चीनको वुहानबाट ल्याएर भक्तपुर खरिपाटीको कोरेन्टिनमा राखिएकाहरुलाई १७ दिनमा ७३ लाख ९८ हजारको त्यस्तो के औषधि खुवाइयो ? इजार चुँडिएर सुरुवाल खस्दा पनि चाल नपाएकै हो ?