पु.समाचार

कालापानी निरीक्षणमा निस्किए प्रधान सेनापति थापा र शसस्त्र प्रहरी प्रमुख खनाल

३ असार काठमाडौं । दार्चुलाको निरीक्षणमा प्रधान सेनापति र शसस्त्र प्रहरी प्रमुख निस्कीएका छन् । आज बिहान सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलका प्रमुख आइजी शैलेन्द्र खनाल सहित सेनापति पूर्णचन्द्र थापा पनि दार्चुला प्रस्थान गरेका हुन् ।

नेपाली सेनाका प्रधान सेनापति दार्चुलाको निरीक्षणमा निस्किएका छन् । दार्चुलाको लिपुलेकतिरको बाटो सेनाले बनाउने जिम्मा पाएको छ । वैशाख ३१ गते कालापानी भन्दा १० किलोमिटर पूर्वमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट ९बीओपी० स्थापना गरिएको छ । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरुमा बीओपी राखिएको हो । गृहमन्त्रालयले आइजी खनाल नयाँ बीओपीको निरीक्षण गर्न जाने बताएको छ ।

विगतमा ५८ जिल्लामा मात्र रहेको सशस्त्र प्रहरी बलको उपस्थितिलाई हाल ७७ जिल्लामा विस्तार भइसकेको छ । २०७४ सालको अन्त्यसम्म ८७ वटा रहेको बिओपीलाई २२१ सम्म विस्तार गर्ने योजना अनुसार हाल १ सय ३० स्थानमा सञ्चालनमा ल्याइएको छ ।

उत्तरी सीमातर्फ संखुवासभाको किमाथांका, दार्चुला छाङ्रु, मुस्ताङ्गको नेचुङ्गमा नयाँ बीओपी स्थापना भएका छन । सेनाले बाटोको पुरानो ट्र्याक खुलाउन लागेकोमा त्यसैको निरीक्षणमा प्रधान सेनापति दार्चुला जानलागेका हुन् । हुम्लाको नाम्खाको हिल्सा र बैतडीको पञ्चेश्वरमा चाँडै बीओपी उद्घाटन गर्ने तयारी भइरहेको छ ।