गण्डकी प्रदेश

गण्डकी प्रदेशको नवलपरासी र पर्वतमा गरेर २१ जनामा कोरोना संक्रमण पुष्टि

३ असार काठमाडौं । एकैदिन गण्डकी प्रदेशमा २१ जना कोरोना संक्रीत थपिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार बिहान विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार नवलपरासीका १८ र पर्वतका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसमा पनि नवलपरासीको हुप्सेकोटमा मात्रै १४ जनामा संक्रमण देखिएको निर्देशक विनोदविन्दु शर्माले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

योसँगै गण्डकीमा संक्रमितको संख्या २ सय ४७ पुगेको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । थपिएका २१ संक्रमित सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वोन्टिनमा बसेका व्यक्ति हुन ।

अब उनीहरूलाई सम्बन्धित जिल्लाका आइसोलेसन कक्षमा राखिने गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।