पु.समाचार

कोरोनाका कारण नेपालमा फेरी एक व्यक्तिको मृत्यु भएको पुष्टि

३ असार काठमाडौं ।  नेपालमा कोरोनाका कारण फेरी एक व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । प्रदेश नम्बर पाँचको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कोरोना पोजेटिभ आएको छ । यो संगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

सोमबार साँझ मृत्यु भएकी ४६ वर्षकी महिलामो मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको हो । बैजनाथ गाउँपालिका ६ की मृतक महिला निमोनियाले पीडित भएर स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो । नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ ।

बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।