साहित्य

आमा बेच्ने नेताहरु माथी घृणा जागेर आउँछ

                                    – प्रेक्षा भट्टराई                                      – कविता

जब जब बिश्वमा अगाडि लागेका
देशहरू देख्छु
भ्रस्टाचार र नातावादले भरिएको
मेरो देश सम्झन्छु अनि
आफैमथी दया लाग्छ
कसरी सम्झाउ म मेरो मनलाई ??

खाडीमा परिश्रम गर्ने मेरा दाजुदिदीको
पैसाले चल्दै गरेको मेरो देशको
कोरोना पछि कुन हालत होला
भनेर सोच्दा सोच्दै डराउछु
कसरी हटाउ म मेरो डरलाइ ?

आकाशको चन्द्रमा देखेर जब मेरि
आमा भन्नुहुन्छ
नानी ति चन्द्रमा भगवती हुन् प्रणाम गर
अब कसरी भनु मेरि बुढि आमालाई
चन्द्रमामा मान्छे पुगेर फर्किसकेः

दशैं साथमा मनाउन चार बर्ष
कुर्ने मेरो परिवार जब देख्छु
कुर्सीको लागी मेरि नेपाल आमा
बेच्ने नेताहरु माथी घृणा जागेर आउँछ
अनि कसरी काम गर्न खाडीमा पुगेका मेरा दाई
कहिले फर्कन सक्दैनन् भनेर..

बिपत्तिमा घर फर्कन नपाएका मेरा
आफन्तहरु सङ्ग फोनमा कुरा गर्ने
हिम्मत पनि छैन मसङ्ग
कसरी सम्झाउ सारा नेपालीको भोट
फ़ेरि बेकार गएको छ भनेर ??

छोराछोरी लाई राम्रो बिद्यालय पढाइदिने लक्ष्य
अनि उपचाररत हजुरबुबा को औसधि खर्च जुटाउनु पर्ने
कर्तव्य
भाग्न नचाहादै भागेर बिदेश सम्म त पुग्न पर्ने
हरे शिव! हामी नेपालीको भाग्य कहिले सप्रेला ??