आर्थिक

सानिमा बैंकद्वारा करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग

२ असार, काठमाण्डौँ । सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजातहुने अपागंता रोकथाम तथा अपा¨ता भएका व्यक्तिहरु लक्षित“अपागंता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम”मार्फत अपागंता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो ।

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, प्रदेश १, पालिकाहरु र करुणा फाउण्डेसन नेपालको त्रिपक्षीयलागत तथा सञ्चालन साझेदारीमा सञ्चालनहुने यस कार्यक्रमले अपागंता भएका व्यक्ति तथा उनीहरुका परिवारको जीवनको गुणस्तर बढाउन यस प्रकारको सहयोगले मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । प्रदेश १ः का १४ जिल्लाहरु तथा १३७ पालिकाहरुमा मात्रै करिब १ लाख अपागंता भएकाव् यक्तिहरु रहेको करुणा फाउन्डेसनले जनाएको छ ।

सानिमा बैंकले देशका सातै प्रदेशबाट ७९ शाखा, ६ वटा विस्तारित काउन्टर र ८१ एटीएममार्फत् आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।