पु.समाचार

क्यान्सर रोगबाट पीडित गाउँपालीकाका अध्यक्षको निधन

२ असार काठमाडौं । क्यान्सर रोगबाट पीडित गाउँपालीकाका अध्यक्षको आज मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङलाम्हु गाउँपालीकाका ३९ वर्षका अध्यक्ष ङिम दोर्जि शेर्पाको निधन भएको हो ।

सेर्पा आन्द्राको क्यान्सरबाट पीडिचत थिए । उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएपछि स्वास्थ्य केहि सुधारन्मुख नभएपछि चिकित्सकको सल्लाह अनुसार घर लगिएको थियो । क्यान्सरकार कारण अध्यक्ष शेर्पा बिगत १० महिनादेखी बिरामी थिए ।