अन्तर्राष्ट्रिय

विश्वभर कोरोनाः संक्रमीत सङ्ख्यामा भारत चौथो स्थानमाः मृतकको सङख्या १० हजार नजिक

२ असार काठमाडौं । भारत विश्वको कोरोना संक्रमीतहरुको सङ्ख्याको चौंथौं स्थानमा परेको छ । भारतमा आजसम्म ३ लाख ४३ हजार २६ जना कोरोना संक्रमीत छन् । भारतमा संक्रमीतको सङ्ख्या दैनिकरुपमा ह्वात्तै वढिरहेको छ ।

यस्तै कोरोनाका कारण भारतमा आजसम्म ९ हजार ९ सय १५ पुगेको छ । मृत्युको सङख्यामा पनि भारतले चिनलाई दोब्बरले उछिनेको छ ।

चिनमा कोरोनाका कारण ४ हजार ६ सय ३४ को मृत्यु हुँदा ९ हजार ९ सय १५ को मृत्यु भएको छ । यस्तै भारतमा कोरोना संक्रमण उपचारपछि १ लाख ८० हजार ३ सय ३ सय २० जना निको भएका छन् ।

यस्तै त्यहाँ ८ हजार ९ सय ४४ को अवस्था गम्भिर रहेकाले मृतकको सङ्ख्या अँझ वढ्नसक्ने अनुमान गरिएको छ ।