राजनीति

लटरपटर असारे विकासभन्दा योजना बनाएर दीर्घकालीन विकासमा ध्यान दिउँः डा भट्टराई

२ असार, काठमाडौं । समाजबादी दलका नेता डा बाबुराम भट्टराईले कोरोना महामारीको विशिष्ठ अवस्थालाई ध्यान दिंदै शुरू भएका योजनालाई ‘असारे विकास’ को ढाँचामा लटरपटर गरेर हिसाब मिलान गर्नु सट्टा आगामी आ व मा निरन्तरता दिनु उपयुक्त हुने सल्लाह दिएका छन् ।

उनले फेसबुकमा स्टाटस् लेख्दै भनेका छन्, ‘दुई दिन १७/१७घण्टा कुदेर निर्वाचन क्षेत्र गोरखा(२ का सबै गा पा र न पा (सिरानचोक, अजिरकोट, बारपाक सुलीकोट गापा र गोरखा, पालुंगटार न पा)मा निर्माणाधीन स्थानीय विकास साझेदारी कार्यक्रमको प्रगति अवलोकन गर्ने प्रयत्न गरियो !’

उनले आफू निर्बाचित भएको गोरखा जिल्लाको विकासको बिषयलाई जोडेर थपेका छन्, ‘कतै सन्तोषजनक प्रगति कतै भर्खर प्रारम्भ भएको पाइयो!’ उनले जोड्दै असारे विकासप्रति तिब्र असन्तुष्टी ब्यक्त गरेका छन् । सधैंका बर्षमा प्रायः असार मसान्तमा बजेट सक्नेगरी झर्रा काम गर्ने गरिएको छ ।

डा भट्टराईको स्टाटस्ः दुइ दिन १७/१७घण्टा कुदेर निर्वाचन क्षेत्र गोरखा(२ का सबै गा पा र न पा (सिरानचोक, अजिरकोट, बारपाक सुलीकोट गापा र गोरखा, पालुंगटार न पा)मा निर्माणाधीन स्थानीय विकास साझेदारी कार्यक्रमको प्रगति अवलोकन गर्ने प्रयत्न गरियो !

कतै सन्तोषजनक प्रगति कतै भर्खर प्रारम्भ भएको पाइयो!

कोरोना महामारीको विशिष्ठ अवस्थालाई ध्यान दिंदै शुरू भएका योजनालाई ‘असारे विकास’ को ढाँचामा लटरपटर गरेर हिसाब मिलान गर्नु सट्टा आगामी आ व मा निरन्तरता दिनु उपयुक्त होला!