गण्डकी प्रदेश

एकाबिहानै गण्डकी प्रदेशमा थपिए १८ कोरोना संक्रमीत

२ असार, पोखरा। । गण्डकी प्रदेशको कास्की, गोरखा, स्याङ्जा, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गरी गोरखामा १०, स्याङ्जामा चार, नवलपरासीमा दुई तथा कास्की र बाग्लुङमा एकरएक जनामा नयाँ सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या २२३ पुगेको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाका वर्ष १८, ३५, ३९ र १८ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । त्यसैगरी गोरखाको गोरखा नगरपालिकाका वर्ष ३२, ३५, २१, १६, ५३, २९, २५ वर्षका पुरुष र ३१ वर्षीया महिला, बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षीय दुई पुरुषमा सङ्क्रमण फेला परेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८ वर्षीय तथा मध्यविन्दु नगरपालिकाका १९ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष तथा बाग्लुङको ताराखोला गाउँपालिकाका ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ सङ्क्रमण पुष्टि भएकाहरु सबै भारतबाट फर्किएको र सम्बन्धित जिल्लाको क्वारेन्टिनमा रहेकामा हाल उपचारका लागि जिल्लामा रहेको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए ।

प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४८, बागलुङमा ४१, पर्वतमा २६, गोरखामा २५, तनहुँमा नौ, कास्कीमा छ, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये १२ महिला छन् । सङ्क्रमितमध्ये २० विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक जना सङ्क्रमितको भने मृत्यु भएको छ ।

प्रदेशमा हालसम्म आठ हजार ४४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन ९स्वाब० लिइएकामा पाँच हजार ८६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये दुई हजार ३७६ को नतिजा आउन बाँकी रहेको बताइन्छ ।