राजनीति

कोरोनाले मुलुक आक्रान्त बनेका बेला तलव बढाउनु जस्तो निर्लज्जता के हुन सक्ला र ?–नेता साउद

१ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले दुनियाँ कोरोना संकटले ग्रस्त भएर देश लक डाउनमा, जनता कोरिन्टाईनमा रहको बेला सरकारका कर्मचारी समेत भत्ता नछाडेको भन्दै आक्रोश पाखेका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता साउदले चिन्ता ब्यक्त गर्दै भन्दछन्, सुदूर पश्चिममा पी सी आर टेष्ट किट्सको अभावले सरकार मृत्यु पछि कोरोना जाँच गर्दैछ । यस्तो बेला सुदूर पश्चिम सरकार आफ्नो तलब बढाउदैछ ।’
नेता साउदले अक्रोश पोख्दै भनेका छन्, ‘यस्तो बेला सुदूर पश्चिम सरकार आफ्नो तलब बढाउदैछ । यो भन्दा ठूलो निर्लज्जता र ग़ैर ज़िम्मेदारी के हुन सक्ला र ?’

नेता साउदको ट्वस्टः दुनियाँ कोरोना संकटले ग्रस्त भएर देश लक डाउनमा, जनता कोरिन्टाईनमा रहको बेला सरकारका कर्मचारी समेत भत्ता छाड्दैछन्। सुदूर पश्चिममा पी सी आर टेष्ट किट्सको अभावले सरकार मृत्यु पछि कोरोना जाँच गर्दैछ । यस्तो बेला सुदूर पश्चिम सरकार आफ्नो तलब बढाउदैछ । यो भन्दा ठूलो निर्लज्जता र ग़ैर ज़िम्मेदारी के हुन सक्ला र ?