पु.समाचार

अध्यक्ष बस्नेतको परिपत्रः सरकारलाई देशभरबाट बुझाईने भोलीको कार्यक्रम सफल बनाउन सहयोग गर्नुस्

१ असार, काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजगं बस्नेतले माउ पार्टी नेपाली काँग्रेसका ७७ वटै जिल्ला समितिले सबै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सामाजिक दुरी कायम राखी उपस्थिति हुन आग्रह गरेका छन् ।

उनले विज्ञप्ती जारी गर्दै तरुण दलका ७७ वटै जिल्ला समितिलाई परिपत्रमार्फत निर्देशन दिएका हुन् ।

असार २ गते मंगलबार नेपाली कँँग्रेसले ७७ वटै जिल्ला समितिमार्फत प्रधानमन्त्री केपी शर्मँ ओलीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेको छ ।