राजनीति

नक्सामा भूमि फिर्ता गरियो, उपभोग गर्न अहंकारी/अल्पज्ञानी प्रधानमन्त्रीको राष्ट्रियता हेरौंः डा भट्टराई

१ असार, गोरखा । समाजबादी जनता पार्टीका नेता डा बाबुराम भट्टराईले नेपालको गुमेको भूमि कालापानी, लिपुलेक र लिम्मियाधुरा नक्सामा नेपालको बनेको भन्दै अब ब्यवहारमा नेपालको बनाउन सरकारको पहल आवश्यक रहेको बताएका छन् ।

आज गृहजिल्ला गोरखा पुगेका नेता डा भट्टराईले अल्पज्ञानी र अहंकारी भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारतबीचको कुटनीतिक वार्ता भाँड्नसक्नेतर्फ ध्यान दिनुपर्ने भन्दै राष्ट्रियता एउटा कुनै जात वा धर्मकोमात्र नहुने जिकिर गरेका छन् ।

डा भट्टराईले हिमाल पहाड र तराई मिलेर नेपालको राष्ट्रियता बलियो नबनाई नहुनेतर्फ तर्क गर्दै आफूहरुले राष्ट्रियताका पक्षमा जस्तोसुकै योगदान दिन तयार हुने भएपनि सरकारको भित्री र बाहिरी राष्ट्रियता अब कालापानी लगायतका अतिकैमित भूमि फिर्ता गर्न खेलिएका भूमिकाबाट स्पष्ट हुने जनाएका छन् ।

नेता डा भट्टराईले नक्सामा भूमि नेपालको हुनुभन्दा पनि उपभोग गर्न पाउनु महत्वपूर्ण हुने जिकिर गरेका छन् ।