अन्तर्राष्ट्रिय

चीनको राजधानी बेईजिगंमा देखिए ३६ जना कोरोना संक्रमित, १० भन्दा बढि स्थानमा प्रतिबन्ध

१ असार, बेईजिगं । पछिल्लो २४ घण्टामा चीनको राजधानी बेईजिगंमा ३६ ब्यक्तीलाई कोरोना भाईरसको संक्रमण देखिएको पुष्टी भएको छ । उक्त पुष्टीपछि बिस्तारै सामानय दीशातर्फउन्मुख चिनियाँ जनजिबन पुनः तनावपूर्ण हुने देखिएको छ ।

केहीदिन अगाडी एकजनामा कोरोना भाईरसको संक्रमण देखिएपछि आत्तिएको बेईजिंगमा शनिबारमात्र ३६ संक्रमित थपीएका छन् । बिहीबार नयाँ संक्रमित भेटिएको थियो भने बिहीबार ६ जना संक्रमित थपीएका थिए । संक्रमितहरु थपीने क्रम बढेपछि बेईजिगंका भीडभाड लाग्ने सिनफाडी बजारका १० हजार भन्दा बढि कर्मचारीलाई परीक्षण गरिने स्थानीय ग्लोबल टाईम्सले बताएके छ । उक्त बजारमा ७९ जना संक्रमित जोडिएका छन् ।

५० दिनपछि देखिएको उक्त भाईरसका कारण चिनमा पुनः समस्या अँएको सरकारी अधिकारीले बताएका छन् । बिबिसीका अनुसार उक्त स्थानमा भाइरस देखिएपछि छेउछाउका १० भन्दा बढि स्थानमा प्रतिबन्ध लगाईएको छ ।