पु.समाचार

सरकारले क्वारेन्टाईनमा खटाएका स्वयंसेवकबाट नै हाम्रा चेलिहरु असुरक्षीतः डा संग्रौला

१ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सासद डा डिला संग्रौलाले सरकारले क्वारेन्टाईनमा खटाएका स्वयंसेवकबाट नै महिलाहरु असुरक्षीत रहेको बताएकी छिन् ।

सुदुरश्चिममा क्वारेन्टाईनमै एक महिलाको सामुहिक बलात्कार भएको भन्ने समाचारप्रति दुःख व्यक्त गर्दै नेतृ संग्रौलाले उक्त कार्यमा संलग्नलाई तत्काल कारबाहि गर्न माग गरेकी छिन् । कैलालीमा लम्किचुहा नगरपालिका १ पुर्ब लम्कीस्थिती सहिद स्मृति मा बि मा बनाइएको क्वारेन्टाइनमा बसेकी महिला तेहि खटिएका स्वयमसेबी बाट सामुहिक बलत्कृत भएको घृणित घटनाले सबैको शिर लाजले निहुरिएको बताईन ।

नेतृ संग्रौलाले यसरी किशोरी तथा महिला माथी श्रृङखलाबद्ध रुपमा बलात्कार का घटनाहरु घटिरहेको तर सरकारले महिलाको अस्मिता बचाउन नसकेको भन्दै सरकारले क्वारेन्टाइन खटाएका स्वयमसेबक बाटनै हाम्रा चेली हरु असुरक्षित हुन्छन् भने अब सम्पुर्ण महिलाहरू को ज्युज्यान को सुरक्षा कस्ले गर्ने भन्दै प्रश्न गरेकी छिन् ।

सरकार को प्रत्यक्ष निगरानीमा रहेको क्वारेन्टाइनमा समेत महिला असुरक्षित हुन्छन् भने अनेत्रको अबस्था कस्तो होला भन्दै उनले यस्तो दानबीय प्रवृत्तिलाई सिङ्गो मुलुकले नै तिरस्कार गर्दै अपराधी लाई कडा कानुनी कारवाहिको दायरामा लाउनु पर्नेमा जोड दिएकी छिन् ।