खेलकुद

एन्फामा आज आपतकालीन समितिको बैठक बस्दै

१ असार काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फामा आज आपतकालीन समितिको बैठक बस्दै छ । दिउँसो १ बजेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा बैठक बस्ने एन्फा प्रवक्ता किरण राईले बताएका छन् ।

आज बस्ने आपतकालीन बैठकमा ४ विषयले प्रवेश पाउने एन्फा प्रवक्ता राईले जानकारी दिए । जसमा भक्तपुर जिल्ला फुटबल संघको विषय, मानार्थ अध्यक्ष टासी घलेको विषय, कोभिड १९ राहत सम्वन्धि विषय र विविध गरी ४ विषयमा छलफल हुने राईले बताए ।

आजको बैठकको मुख्य एजेन्डा भने मानार्थ अध्यक्ष टासी घलेलाई फिर्ता बोलाउने रहेको बताइएको छ । यसअघि टेप प्रकरण चर्किएसँगै एन्फाले घलेको मानार्थ अध्यक्ष पद २०७५ सालको माघ ३ गते फिर्ता लिएको थियो ।