राजनीति

नेपाल बिरोधी साँसद गिरिको साँसद बर्खास्त हुने, पार्टीको साधारण सदस्यबाट हटाईने

१ असार, काठमाडौं । समाजबादी दलकी साँसद सरिता गिरिको पद समाप्त हुने भएको छ । पार्टीको खस आर्य कोटाबाट समानुपातीक साँसद बनेकी संघीय समाजबादीकी साँसद पार्टी एबीकरणपछि समाजबादी जनताकी भएकी हुन् ।

डा बाबुराम भट्टराई गोरखा र उपेन्द्र यादब बिराटनगर पार्टीगत काममा गएको कारण निर्णय हुन ढिला भएको भएपनि काठमाडौं फर्किनेबित्तिकै उनलाई साँसद र पार्टीको साधारण सदस्यबाट निलम्बन गरिने समाचारमा बताईएको छ ।

साँसद गिरिले संसदमा कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको हो भनी गरिएको प्रस्तावको खिलाफमा प्रमाण नपुगेको भन्दै भारतको समर्थनमा संसोधन दर्ता गराएकी थिईन् । उक्त प्रस्ताव फिर्ता लिन समाजबादी जनता पार्टीले पटक पटक आग्रह गरेपनि उक्त प्रस्ताव फिर्ता लिन अस्विकार गरेकी थिईन् ।

पार्टीले फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएपनि उनले उक्त संसोधन दर्ताको छुट्टै प्रस्ताव फिर्ता लिईनन् । साँसद गिरिको संसोधन प्रस्ताव साँसदमा खारेज भएपनि उनले आफ्नो अडान कायम नै रहेको संसद बैठकबाट बाहिरिने क्रममा बताएकी थिईन् ।

नेता राजेन्द्र महतो, उपेन्द्र यादब लगायतले उक्त अतिक्रमीत भूमि नेपालको निशाना छापमा राख्ने प्रस्तावमा नेपाली जनतालाई भावुक बनाउनेगरी समर्थन गरेका भएपनि गिरि असहमती जनाउँद्यै बाहिरिएकी थिईन् ।