राजनीति

अतिक्रमीत भूमि फिर्ताका लागि बक्तब्यबाजी भन्दा परिणाममूखि कुटनीति जरुरीः डा महत

१ असार काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पुर्व अर्थमन्त्री डा रामशरण महतले अतिक्रमीत भूमि फिर्ताका लागि बक्तब्यबाजी भन्दा परिणाममूखि कुटनीति जरुरी रेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता डा महतले लामो अबधी देखि भारतीय नियन्त्रणमा रहेको नेपालीभूमि फ़िर्ताका लागि बक्तब्यबाजी गतिबिधि भन्दा गम्भिर गृहकार्यगरि परिणाममूखि कुटनीतिक एबं राजनीतिक पहल जरूरी रहेको बताएका हुन् ।

राष्ट्रिय सहमतिबाट भएको संबिधान संसोधनले भौगोलिक सिमाको पूर्णता सहितको नक्सालाई संबैधानिक बैधता भएको उनको भनाई छ । कालापानी, लिपुलेक र लिम्पीयाधुरा सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहितको सहमतीमा संसदबाट समेत नेपालको भईसकेको अवस्थामा अर्थबिदमात्र नभएर नेपालको राजनीतिमा लामो राजनीति अनुभव भएका डा महतको उक्त प्रतिकृया आएको हो । नेपालको अर्थतन्त्रलाई खुला बजारसँग जोडेर अहिलेको प्रगती ल्याउनमा डा महतको झण्डैं ३० बर्षको लगानी रहेको राजनीतिक बृतमा बहस गर्ने गरिन्छ । 

 

उनको ट्वीटः राष्ट्रिय सहमतिबाट भएको संबिधान संसोधनले भौगोलिक सिमाको पूर्णता सहितको नक्सा लाई संबैधानिक बैधता ! अझआबस्यक भनेको लामो अबधी देखि भारतीय नियन्त्रणमा रहेको नेपालीभूमि फ़िर्ता प्राप्ति ! यसकालागि बक्तब्यबाजी गतिबिधि भन्दा गम्भिर गृहकार्यगरि परिणाममूखि कुटनीतिक एबं राजनीतिक पहल जरूरी !