राजनीति

गोर्खाली खुकुरी सम्झँदै धनराज भन्छन्ः हाम्रो भूमिमाथी बिदेशीको रजाईं कहिलेसम्म ?

०१ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुगंले छाङरुबाट कालापानीतर्फ गएको शसस्त्र प्रहरीको गस्तिलाई कालापानी भन्दा २ किलोमीटर यत‌ै भारतीय सुरक्षा कर्मीले रोकेको खवर दुःखद भएको बताएका छन् । उनले स्टाटस् लेख्दै हाम्रो भूमिमाथी बिदेशीको रजाईं कहिलेसम्म ? भन्ने प्रश्न गर्दै गोर्खाली खुकुरी सम्झिएको बताएका छन् ।

उक्त सशस्त्र प्रहरीलाई रोकिएको समाचारको प्रतिकृयामा नेता गुरुगंले जस्तो अवस्था आएपनि अहिले गोर्खालीको खुकुरी भन्दा कुटनीतिक खुकुरी चलाउनु नै बुद्धिमानी हुने तर्क प्रश्तुत गरेका छन् ।

नेता गुरुगंको स्टाटस्ः यता एकताका साथ संबिधान संसोधन गर्यौं उता छाङरुबाट कालापानीतर्फ गएको शसस्त्र प्रहरीको गस्तिलाई कालापानी भन्दा २ कि.मी.यत‌ै भारतीय सुरक्षा कर्मीले रोकेको खवर पढें। हाम्रो भूमिमाथी बिदेशीको रजाईं कहिलेसम्म ? गोर्खाली खुकुरी सम्झें। तर यतिखेर कुटनैतिक खुकुरी चलाउनु पर्छ। @hello_sarkar