शिक्षा

कक्षा ११ को परिक्षा नलिन सरकारसंग नेबिसंघको माग

१ असार काठमाण्डौँ । प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको विद्यार्थि भातृसंगठन नेपाल बिद्यार्थी संघ (नेबिसंघ) ले कक्षा ११ को परिक्षा पनि नलिन सरकारसँग माग गरेका छन् ।

कक्षा १२ को परिक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विधालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनु पर्ने नेबिसंघको माग छ । कक्षा १२ को परिक्षालाई भने राष्ट्रीय परिक्षाको मान्यता दिनु पर्ने माग गरिएको नेबिसंघकी महामंन्त्री उर्मिला थापालीयाले बताईन् ।

आईतबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेबिसंघले ११ को परिक्षा पनि एसईईको जस्तै आन्तरीक मुल्याङकन पद्धति मार्फत टुङ्ग्याउन माग गरेको हो ।