लुम्बिनी

दाङका एक निर्माण व्यवसायीको मोटरसाइकल दुर्घटनामा मृत्यु

१ असार काठमाडौं । मोटरसाइकल दुर्घटनामा परि दाङमा एक निमार्ण व्यवसायीको मृत्यु भएको छ । बबई गाउँपलीका ६ का ३७ वर्षका खिमबहादुर वलिको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो ।

आइतबार बेलुका तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको रा ३ प ४७९५ नम्बरको वलीले चलाएको मोटरसाईकलले पैदलयात्री योगीलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घोराही उपमहानगरपालिका–११ बुकालीडाँडा निवासी १८ वर्षीय कमल योगी गम्भीर घाइते भएका छन् । घाइते योगीलाई थप उपचारका लागि बाँके रिफर गरिएको छ ।

दुर्घटनापछि दुवै जनालाई उपचारका लागि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठामा लगिएकोमा वलीको उपचारकाक्रममा राति मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।