पु.समाचार

लिपुलेक, कालापानी र लिम्पीयाधुराबाट तत्काल भारतीय सेना हटाउन राप्रपाको माग

३२ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शम्सेर राणाको अध्यक्षतामा आज बसेको सचिवालय कार्य व्यवस्था समितिको बैठकले दुई बुंदे निर्णय गरेको छ र आजको बैठकले संबिधान संसोधन गरी नेपालका भारतबाट अतिक्रमण गरिएका भूमि कालापानी, लिपुलेक र लिम्पीयाधुरा नेपालको बनाउने कार्य सबसम्मत निर्णयबाट भएकोमा खुशी ब्यक्ती गर्दै उक्त भूमि छिटोभन्दा छिटो फिर्तँ गर्न भारतीय सेना हटाउने कार्य नेपाल सरकारले गर्नुपर्ने बताएको छ ।
आजकै बैठकबाट पार्टी एकता भईसकेको अवस्थामा ७७ वटै जिल्ला समितिलाई समायोजन तथा पार्टी दर्ता प्रकृया अडाडी बढाउन निर्देशन समेत दिएको छ ।